प्रिय तिम्रो अविछिन्न यादमा।
तिम्रा कोमल स्पर्श साथमा।
छोटै लाग्दोरैछ जिन्दगी पनि,
एकाकार हुँदा प्रेमील रागमा।
डर लाग्दैन मलाई कसैको,
जीवन चल्छ उही चाहमा।
जिउनुको अर्थ त्यही हो,
मर्नुको अर्थ हुन्छ खासमा।
आत्म कहिल्यै बनावटी हुन्न,
छुप्दैन सत्य कुनै बातमा।