ब्राजिलका पूर्व राष्ट्रपतिलाई अर्को अभियोग « Pariwartan Khabar
वर्कर्स पार्टीका नेतासमेत रहेका पूर्वराष्ट्रपति लुलालाई सन् २०१७ मा भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै कारागार चलान गरिएको थियो। ब्राजिलमा एउटा मुद्दामा तीन पटकसम्म पुनरावेदन गर्न पाउने नयाँ व्यवस्थाका कारण पुनरावेदनका लागि निवेदन दिएकोले सो मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि उनी थुनामुक्त भएका थिए।