उच्च स्रोतले दिएको जानकारीअनुसार नेपालस्थित चिनियाँ दूतावासका अधिकारीले यस विषयमा सुरक्षा अधिकारीसँग छलफल गरिसकेका छन्। चिनियाँ पक्राउ परेकै दिन पनि चिनियाँ दूतावासका प्रहरी अधिकारी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा पुगेर पक्राउ व्यक्तिको जानकारी लिएका थिए। ‘चीनबाट केही दिनभित्रै सुरक्षा फौजसहितको चार्टर विमान आउने जानकारी पाएका छौं,’ गृह मन्त्रालय स्रोतले भनेको छ, ‘प्रारम्भिक अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणसहित उनीहरूलाई अध्यागमन विभागको जिम्मा लगाएर डिपोर्ट गर्ने तयारी अघि बढेको छ।’
#thebloggersclub.com